ट्रकको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कर्णाली अनलाइन १२ मंसिर २०७८, आईतवार ०५:४३

कैलाली । ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम रार्जमार्ग अन्तरगत घोडाघोडी नगरपालिका-डोकेबजार नजिकै सुपप्र ०१-००८ प ५४७५ को मोटरसाइकलाई पश्चिमबाट पूर्व गइरहेको लु१ख ४६६६ को ट्रकको ठक्करबाट घोडाघोडी-१ बेलारका ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक रहेका शर्माको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।

यसैबीच मृतकका आफन्तले घोडाघोडी नगरपालिकाको सुखडमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका उनीहरूले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।राजमार्ग अवरुद्ध हुँदा आइतबार बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भीम रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकाले

१२ मंसिर २०७८, आईतवार ०५:४३
चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् । बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो […]