कैलालीको मुक्त कमैया शिविरमा आगलागी

कर्णाली अनलाइन ११ बैशाख २०७९, आईतवार ११:२५

धनगढी।कैलालीको एक मुक्त कमैया शिविरमा आगलागी भएको छ। कैलारी गाउँपालिका–७ मा रहेको मुक्त कमैया शिविरमा आगलागी भएको हो।आइतबार दिउँसो कैलारी गाउँपालिकास्थित विपतपुर शिविरमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए।

उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। उनका अनुसार हालसम्म मानवीय क्षति भएको छैन तर आगो अझै नियन्त्रणमा आएको छैन।आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए।तर आगो भने नियन्त्रणमा आएको छैन। आगलागीको कारण भने खुलेको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा जुट्यो गठबन्धनको भागबण्डा (कहाँ कसको भागमा)

११ बैशाख २०७९, आईतवार ११:२५
दैलेख।जिल्लामा बसेको सत्तारुढ गठबन्धन दलहरु विच भागवण्डा मिलेको छ।नारायण नगरपालिकामा मेयर नेपाली काँगे्रसको भागमा परेको छ भने,उपमेयरमा नेकपा एकिकृत समाजवादीको भागमा परेको छ।दुल्लु नगरपालिका मेयर काँगे्रस र उपमेयर नेकपा माओवादी केन्द्रले पाएको छ।त्यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर नेकपा एकिकृत समाजवादी र उपमेयर नेपाली काँगे्रसलाई भाग परेको छ।आठविस नगरपालिका मेयरमा नेपाली काँगे्रस […]