मेलम्ची नदीको पानी पुनः काठमाडौँ पठाउन थालियो

कर्णाली अनलाइन २९ चैत्र २०७८, मंगलवार ०९:०५

काठमाडौँ।मेलम्ची नदीको पानी पुनः स्थान्तरण गरिएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरे। गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो।

सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पुर्‍याउने घोषणा गरेको थियो। पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ।

गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो।

परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो।सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए।साभार-देश सञ्चार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किन फेरिए भरतपुर महानगरमा मुख्य निर्वाचन अधिकृत?

२९ चैत्र २०७८, मंगलवार ०९:०५
चितवन। भरतपुर महानगरपालिकाका लागि तोकिएका मुख्य निर्वाचन अधिकृत फेरिएका छन्। निर्वाचन आयोगको सूचनाअनुसार उक्त जिम्मेवारीबाट जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाइएको छ। जिल्ला न्यायाधीश कुमार अधिकारलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। आयोगले सोमबार एक सूचना जारी गर्दै भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत रावलको ठाउँमा कुमार अधिकारीलाई तोकिएको छ।आयोगको चैत २८ गते […]