सुर्खेत।मंगलबार रातिदेखिको लगातार वर्षासँगै कर्णाली प्रदेशका हिमाली जिल्ला सहितपहाडी जिल्लामा हिमपात भएको छ।हुम्ला,जुम्ला,मुगु,डोल्पा,पुर्णरुपमा हिँमपात भएको छ भने कालिकोट,दैलेख,रुकुम पश्चिम,जाजरकोट,सल्यानको उच्च पहाडीभुभागका केही स्थानमा हिमपात सगै पानी परिरहेको छ ।कर्णाली प्रदेशको राजधानी विरेन्द्रगरनमा मंगलवार साँझदेखी नै पानी लगातार परिरहेको छ
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।