बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र

कर्णाली अनलाइन ९ पुष २०८०, सोमबार १२:४०

काठमाडौँ।सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएपछि बीपी राजमार्ग अवरुद्ध गरिएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सो सडकखण्डमा पर्ने बीपी राजमार्ग अवरुद्ध गरेका हुन् ।

बसको ठक्‍करबाट मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध पारेका हुन् ।

स्थानीयले सडक अवरुद्ध पारेपछि सो सडकखण्ड भएर यात्रारत सयौँ यात्रु अलपत्र परेका छन् । बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्री किराँतीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन

९ पुष २०८०, सोमबार १२:४०
  काठमाडौँ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किराँतीको राजीनामा माग्दै विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो। र्‍याली गौशालाबाट मध्यबानेश्वरसम्म निकालिएको थियो। मन्त्री किराँतीले केही दिनअघि इसाई धर्म नमान्नेहरु देशद्रोही भएको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भइरहेको छ। […]