अक्सिजन प्लान्टमा विस्फोटको छानबिन गर्ने सरकारको तयारी

कर्णाली अनलाइन ८ बैशाख २०७९, बिहीबार ०७:४५

ललितपुर।उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले पाटन औद्योगिक क्षेत्रमा बिहीबार भएको बिस्फोटको छानबिनका लागि निर्देशन दिएका छन्। घटनास्थलको निरीक्षणमा पुगेको मन्त्री बडुले घाइतेको उपचार सरकारले गर्ने बताए।सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार बिहान बिस्फोट हुँदा एकजनाको मृत्यु हुनुका साथै अरु सातजना घाइते भएका छन्।

ललितपुरका प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले भने, ‘भारतको पश्चिम चम्पारणका ४५ वर्षीय बृज महतोको मृत्यु भएको हो। उनको शव टुक्रा–टुक्रा, क्षतविक्षत अवस्थामा रहेकाले घटनास्थल सेक्युअर गरेर संकलनको प्रयास भइरहेको छ।’‘राम महतो गम्भीर घाइते भएका छन्। अरु ६ जना घाइतेको अवस्था खतरा मुक्त छ । उनीहरुको बिएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ,’ शाहले भने।

अक्सिजन सिलिण्डर रिफिल गर्ने क्रममा प्राविधिक त्रुटिका कारण बिस्फोट भएको जस्तो देखिने र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ। नेपाल प्रहरीको विपद व्यवस्थापन टोलीले घटनास्थल सेक्युअर गर्ने प्रयास गरिरहेको प्रवक्ता शाहले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

८ बैशाख २०७९, बिहीबार ०७:४५
सुर्खेत । कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय, सुर्खेतले निर्वाचन कार्यतालिका अनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । बाँकी स्थानीय तहहरुमा भने निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी […]