सत्ता गठबन्धनलाई निरन्तरता दिन कांग्रेस नेता खड्काको सक्रियता

कर्णाली अनलाइन १५ मंसिर २०७९, बिहीबार १९:३३

काठमाडौँ।अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सक्रियता देखाएका छन्।

बुधबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटार पुगेर भेट गरेका खड्काले बिहीबार खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका हुन्।भेटका क्रममा एकअर्कालाई बधाई दिएका छन्।

कृष्णप्रसाद भट्टराईको निवास बाँडे गाउँ पुगेर फर्किने क्रममा खड्काले दाहाललाई भेट गरेका हुन्। भेटका क्रममा दुई नेताबीच भावी शक्ति बाँडफाँडबारे सामान्य कुराकानी भएको बुझिएको छ।

देउवाको नेतृत्वमा भावी सरकार बन्ने सुनिश्चित भए पनि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेशका मुख्यमन्त्रीहरु कसरी भागवण्डा गर्ने भन्ने विषयमा कुराकानी सुरु गरेका छन्।तर खड्काले भने सबै चुनावी परिणाम आएपछि मात्रै शक्ति बाँडफाँडमा केन्द्रित हुने जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा निषेधाज्ञा

१५ मंसिर २०७९, बिहीबार १९:३३
सुर्खेत। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ। बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना प्रकाशित गरी धनगढीलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ। धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको […]