नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द

कर्णाली अनलाइन २८ पुष २०७८, बुधबार ०४:००

दैलेख ।मतदाता संख्या भन्दा बढी मत खसेपछि नेकपा (एमाले) दैलेखको निर्वाचन प्रक्रिया रद्द भएको छ। कुल मतदाता संख्या ७२१ रहेकोमा निर्वाचनमा ७४८ मत खसेपछि निर्वाचन प्रक्रिया रद्द गरिएको हो।

पुस २३ गते उद्घाटन गरिएको एमाले दैलेखको सातौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ कमिटी चयनका लागि पुस २७ गते बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो। अधिवेशनका लागि ११ स्थानीय तहका वडाहरूबाट ७२१ जना प्रतिनिधि चयन भएका थिए।

मतदान सकिएपछि मुचुल्का उठाउँदा ७१७ मत खसेको उल्लेख छ। तर मतगणनामा ७४८ मत भेटिएको छ। अर्थात् मतदानमा सहभागी प्रतिनिधि (मतदाता) भन्दा ३१ मत बढी खसेको हो।

अधिवेशनका अध्यक्ष मण्डलका सदस्य समेत रहेका एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाहका अनुसार खसेको मतका आधारमा बनाइएको मुचुल्काभन्दा ३१ मत फर्जी खसेको पाइएपछि निर्वाचन प्रक्रिया रद्द गरिएको बताए।

उनले निर्विरोध निर्वाचित भएका पदाधिकारी र जिल्ला कमिटी सदस्यहरूको हकमा सकेसम्म पुनः प्रक्रियमा नजाले बताए। ‘निर्विरोध निर्वाचित हुनुभएका पदाधिकारी र सदस्यहरूको हकमा सकेसम्म पद नजाने गरी हामी निर्णयमा पुग्छौँ,’ उनले भने‚ ‘मतदानमा प्रतिनिधिभन्दा पनि बढी मत खसेको विषयमा पार्टीले अनुसन्धान गर्छ।’

यता निर्वाचनमा होमिएका उम्मेदवारले भने निर्वाचन मण्डलको कमजोरीका कारण यस्तो अवस्था आएको आरोप लगाएका छन्। अध्यक्ष पदका उम्मेदवार रहेका सूर्यबहादुर शाहीले पूर्वतयारीका साथ यस्तो गरिएको हुनसक्ने शंका व्यक्त गरे।

मतदाता संख्या ७२१ रहेको भए पनि निर्वाचन मण्डलले मतदाता संख्याभन्दा बढी मत छपाइ गर्नु मत पत्रको अर्धकट्टी नहुनु लगायतका कुराहरूमा निर्वाचन मण्डलले कमजोरी देखिएको शाहीको दाबी छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले कञ्चनपुर : मत गणनाको कार्य आज विहान दश बजेदेखि

२८ पुष २०७८, बुधबार ०४:००
कञ्चनपुर ।  नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ४९९ मतदाता मध्ये ४७० जनाले मतदान गरेका छन्। मंगलवार साँझ ५ बजे देखि जारी मतदानको कार्य बुधवार विहान २ बजेर ५८ मिनेटमा सकिएको छ। निर्वाचन समितिका सदस्य दीपक भण्डारीका अनुसार निर्वाचनमा १५ जना मतदाता अनुपस्थित रहे भने १४ जना […]