काठमाडौँ ।नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति बदरको माग गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको बुधबार सुनुवाई हुँदैछ ।
एआईजी पोखरेलले वरिष्ठता र ज्येष्ठता मिचेर कनिष्ठलाई आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। बैशाख १८ गते बसेको मन्त्रीपरिषद्ले सिंहलाई आईजीपीमा नियुक्ति गरेको थियो ।