अमेरिकी उपमन्त्री भिक्टोरिया आज नेपाल आउँदै

कर्णाली अनलाइन १५ माघ २०७९, आईतवार ०९:२८

काठमाडौं : अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आइतबार काठमाडौं आउँदैछिन्। परराष्ट्रका मन्त्रालयका अनुसार दुई दिन काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल परराष्ट्रमन्त्री विमला राई पौड्यालसहितका नेतासँग राजनीतिक भेटवार्ता गर्नेछिन्।

नयाँ गठबन्धनको सरकार बनेपछि उनको यो पहिलो काठमाडौं भ्रमण हो। केही दिनअघि परराष्ट्रमन्त्री पौड्यालसँगको भेटमा अमेरिकी राजदूत डिन थम्पसनले नुल्याण्डको भ्रमणबारे जानकारी गराएका थिए।

लामो कूटनीतिक अनुभव भएकी उनले अमेरिकाका तीन राष्ट्रपतिहरूसँग निकट रहेर काम गरेकी छिन्। नुल्याण्डले ३३ वर्ष विदेश सेवामा बिताइसकेकी छिन्। उनको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछानेले लिए पुन: नागरिकता

१५ माघ २०७९, आईतवार ०९:२८
काठमाडौं ।रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। लामिछानेलाई वि.सं.२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुनबमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार […]