टर्की भूकम्पः मृत्यु हुनेकाे संख्या ३५ सय नाघ्यो, १५ हजारभन्दा बढी घाइते

कर्णाली अनलाइन २४ माघ २०७९, मंगलवार १४:१९

एजेन्सी।टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ३ हजार ५ सय जनाको मृत्यु भएको छ।टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अमेरिकी जियोलोजिकल सर्वेका अनुसार सोमबार बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पमा परी कम्तीमा १५ हजारभन्दा बढी मानिस घाइते भएका छन्।२ हजार ३ सय ७९ जनाको मृत्यु भएको र १४ हजार ४८३ जना घाइते भएको देशका उपराष्ट्रपतिले बताएका छन् ।

टर्कीका राष्ट्रपति रेचप एर्दोआनका अनुसार भुकम्पमा परी टर्कीमा मात्रै २ हजार ३ जनाको मृत्यु भएको छ भने १४ हजार ४८३ जना घाइते भएका छन्।

यसैगरी, सिरियामा कम्तिमा १४ सय जनाको मृत्यु भएको बताइएको छ। साथै, भूकम्पले करिव ५ हजार भवनमा क्षति पुर्याएकाे छ।अहिले उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रपति एर्दोआनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पबाट भवनहरुमा ठूलो क्षति पुगेको र कैयौँ मानिसहरु अहिले पनि भत्किएका भवनमा पुरिएको हुनसक्ने बताइएको छ।भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरुका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

झापाका किसानद्धारा कुखुरा र अण्डा सडकमा फयाँकेर आन्दोलन

२४ माघ २०७९, मंगलवार १४:१९
वीराटनगर । झापाका कुखुरापालक किसानले सडकमा कुखुरा र अण्डा फालेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको अण्डा र कुखुराले बजार नपाएको भन्दै विर्तामोडको मुक्ति चोकमा उनीहरुले कुखुरा र अण्डा फालेर प्रदर्शन गरेका हुन् । सरकारले पोल्ट्री क्षेत्रमा नेपाल आत्मनिर्भर भएको घोषणा गरिरहँदा उत्पादित कुखुराका लागि बजारको व्यवस्थापन गर्न नसकेको […]