वीराटनगर । झापाका कुखुरापालक किसानले सडकमा कुखुरा र अण्डा फालेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको अण्डा र कुखुराले बजार नपाएको भन्दै विर्तामोडको मुक्ति चोकमा उनीहरुले कुखुरा र अण्डा फालेर प्रदर्शन गरेका हुन् ।

सरकारले पोल्ट्री क्षेत्रमा नेपाल आत्मनिर्भर भएको घोषणा गरिरहँदा उत्पादित कुखुराका लागि बजारको व्यवस्थापन गर्न नसकेको उनीहरुको भनाई छ ।
किसानसँग सस्तोमा लिएका अण्डा र कुखुराको मासु बजारमा पुग्दा उपभोक्ताहरुले भने ठूलो मूल्य तिर्नुपरेको र यसले विचौलिया मोटाउने अवस्था आएको उनीहरुको गुनासो छ ।
बैंकको बढ्दो ब्याजदरको मारमा परेको भए पनि सरकारले कुनै राहत कुखुरा पालक किसानलाई नदिएको भन्दै उनीहरुले कुखुरा र अण्डा सडकमा छोडेका हुन् ।
कर्णाली मल्टिमिडिया प्रा लि द्रारा संचालित karnalionline.com (9848048814)
संचालक तथा सम्पादकः
दान बहादुर खत्री
सम्बादाताः
नवीन ओलि, सुर्खेत /दैलेख
धन बहादुर भण्डारी, हुम्ला