दैलेख। जिल्लाको दुल्लु नगरपालिका वडा न.४ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दुल्लुले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम दुल्लु नगरपालिका-८ पटाङ्गानिमा संचालन गरेको छ। उक्त कार्यक्रममा ३० जना भन्दा बढी स्थानिएको उपस्तिथि रहेको थियो। दुल्लु शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचालन गर्दै आईरहेको छ।
उक्त कार्यक्रममा कर्जाको आवश्यकता ,बचतको प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने पर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको उपस्थित स्थानियहरुले जानकारी दिए । कार्यक्रमको ब्यवस्थापन मिना भण्डारीले गर्नु भएको थियो भने संचालन र स्वागत दुल्लु शाखाका शाखा प्रवन्धक नमराज वनले गर्नु भएको थियो।
उक्त कार्यक्रममा बित्तीय साक्षरताका बारेमा भने कर्णाली प्रदेशका अनुगमन अधिकृत बेद प्रसाद बेल्बासेले प्रशिक्षण दिनुभएको दुल्लु शाखाका शाखा प्रमुख नमराज वनले कर्णाली अनलाईन लाई जानकारी दिनुभयो।
उक्त नगरपालिका वडा न- १,देखि १३ ओटै वडा ,भैरवी गाउँपलिका ,चामुन्डा बिन्द्रासैनी नगरपालिका र महाबु गाउँपालिकाका करिब ९ सय ५५ घर धुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित बित्तीय सस्था लि. शाखा कार्यालय दुल्लुले उक्त ठाउँहरुमा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।
गन्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड कास्कि मा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।

