लेक लागेर यार्सा संकलन सुरक्षामा खटिएका प्रहरीको मृत्यु

कर्णाली अनलाइन १८ जेष्ठ २०७९, बुधबार ११:२१

सुर्खेत । मुगुको कार्मारोङ गाउँपालिका-२ ठुलिकोशी रिमारमा एक प्रहरी कर्मचारीको लेक लागेर मृत्यु भएको छ ।यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको हिजो बिहानदेखि टाउको दुख्ने र स्वासप्रस्वासमा समस्या भएको र सीमा प्रहरी चौकी मुगुमा ल्याइ उपचारको लागि निजलाई हेलिकप्टरबाट साढे ११ बजे उद्धार गरी कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

कोहलपुर मेडिकल कलेजमा आज दिउँसो सवा २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।कोहलपुर नगरपालिका-११ बाँके घर भएका सिंह २०६७ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कात्तिक अन्तिममा गर्ने तयारी

१८ जेष्ठ २०७९, बुधबार ११:२१
काठमाडौं। सरकारले कात्तिक अन्तिमसम्ममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल सुरु भएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिममा निर्वाचन गर्दा उपयुक्त हुने भन्ने विषयले प्रवेश पाएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले  जानकारी दिए। उनले भने, ‘कात्तिक अन्तिम वा मंसिर पहिलो सातामा निर्वाचन गर्नुपर्छ भनेर छलफल उठाएको […]