बाघको आक्रमणबाट बर्दियामा २ महिलाको मृत्यु

कर्णाली अनलाइन ६ चैत्र २०७९, सोमबार २०:५०

बर्दिया।बाघको आक्रमणबाट​ बर्दियाको मधुवन नगरपालिकाका २ महिलाको मृत्यु भएको छ।मधुवन नगरपालिका-५ की ५५ वर्षीया समुद्री बुढा मगर र ५० वर्षकी धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले  जानकारी दिए।

उनका अनुसार सोमबार दिउँसो स्थानीय चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा २ महिलालाई बाघले आक्रमण गरेको हो। मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लेक लागेर विदेशी पर्यटकको मृत्यु

६ चैत्र २०७९, सोमबार २०:५०
सोलुखुम्बु।सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ।खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको अक्सिजन अभावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए। खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या […]

सम्बन्धित शीर्षक