एकीकृत समाजवादीका अध्यक्ष नेपाल टर्की प्रस्थान

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार ०२:०७

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकारामा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेता नेपाल सोमबार बेलुकी १० बजे त्यसतर्फ प्रस्थान गरेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

मार्च २९ देखि ३१ सम्म आयोजना हुने इकोक्लाइमेट सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने उनले बताए। अध्यक्ष नेपाल चैत १९ गते स्वदेश फर्कने कार्यक्रम छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनुषामा मोटरसाइकल दुर्घटना : चार जनाको ज्यान गयो, एक जना घाइते

१५ चैत्र २०७८, मंगलवार ०२:०७
धनुषा।जिल्लाको सबैलामा भएकोे मोटरसाइकल दुर्घटनामा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।सबैला नगरपालिका–१२ बरकुर्वामा बेलुका साढे ८  बजेतिर ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा रहेका  पाँच जनामध्ये चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले […]