एनएमबि लघुवित्त मुसिकोट शाखाद्धारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन

कर्णाली अनलाइन ९ फाल्गुन २०८१, शुक्रबार १९:३५


रुकुम पश्चिम। जिल्लाको मुसिकोट नगरपालिका वडा न.१ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोटले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम मुसिकोट नगरपालिका वडा न–६ मेलचौर र बसीबाङमा शुक्रबार संचालन गरेको छ।उक्त कार्यक्रममा २५ जना भन्दा बढी स्थानियको उपस्तिथि रहेको थियो। मुसिकोट शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम संचालन गर्दै आईरहेको छ।

उक्त कार्यक्रममा कर्जाको आवश्यकता ,बचतको प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने पर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको उपस्थित स्थानियहरुले जानकारी दिए ।

उक्त कार्यक्रममा बित्तीय साक्षरताका बारेमा भने मुसिकोट शाखा कार्यालयका शाखा प्रवन्धक बेग बहादुर वलीले प्रशिक्षण दिनुभएको  मुसिकोट  शाखा कार्यालयका लेखापाल समिर भण्डारीले कर्णाली अनलाईन लाई जानकारी दिनुभयो।कार्यक्रमको ब्यवस्थापन तथा सहजिकरण समिर भण्डारीले गर्नु भएको थियो ।

उक्त नगरपालिका वडा न १,देखि १४ वटै वडा ,बाँफिकोट गाउँपालिका, सानो भेरी गाउँपालिका,त्रिबेणी गाउँपालिकामा करिब करिब १ हजार ८ सय घर धुरिलाई सेवा दिदै आएको यस एनएमबि लघुवित बित्तीय सस्था लि. शाखा कार्यालय मुसिकोटले उक्त ठाउँहरुमा आफ्नो कार्य क्षेत्र बनाएर कार्य गर्दै आएको छ ।

गन्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड कास्कि मा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तका ७ वटा प्रदेशमा १४८ वटा शाखा कार्यालय रहेका छ्न।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुलरियामा पनि एनएमबि लघुवित्तले दियो वित्तीय साक्षरता,पहिलो रोजाइमा एनएमबि लघुवित्त

९ फाल्गुन २०८१, शुक्रबार १९:३५
बर्दिया। जिल्लाको गुलरिया नगरपालिपालिका वडा न २ मा रहेको एनएमवि लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय गुलरिया बर्दियाले ग्राहक केन्द्रित वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम बारर्बदिया नगरपालिका वडा न–११ बेलभार टोलमा शुक्रबार संचालन गरेको छ । उक्त कार्यक्रममा ग्राहक सदस्य र अभिभावक गरि करिव २७ जनाको उपस्थिति रहेको थियो ।गुलरिया […]

सम्बन्धित शीर्षक