गुलरियामा पनि एनएमबि लघुवित्तले दियो वित्तीय साक्षरता,पहिलो रोजाइमा एनएमबि लघुवित्त

कर्णाली अनलाइन १० फाल्गुन २०८१, शनिबार १२:५७

बर्दिया। जिल्लाको गुलरिया नगरपालिपालिका वडा न २ मा रहेको एनएमवि लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय गुलरिया बर्दियाले ग्राहक केन्द्रित वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम बारर्बदिया नगरपालिका वडा न–११ बेलभार टोलमा शुक्रबार संचालन गरेको छ ।

उक्त कार्यक्रममा ग्राहक सदस्य र अभिभावक गरि करिव २७ जनाको उपस्थिति रहेको थियो ।गुलरिया बर्दिया शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म उक्त कार्यक्रम धेरै समुदायको टोल टोलमा सन्चालन गर्दैँ आइरहेको छ ।

उक्त कार्यक्रममा कर्जाको आवश्यकता ,बचतको प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने पर्ने कुराहरु,कर्जा सदुपयोगिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको र कार्यक्रमले ग्राहक माझ वित्तीय चेतना बढेको उपस्थित स्थानियहरुले जानकारी दिए ।

कार्यक्रमको ब्यवस्थापन शाखा कार्यालय गुलरियाको फिल्ड अफिसर पुजा पालले गर्नु भएको थियो भने केन्द्रका केन्द्र प्रमुख राजकुमारी चौधरी को स्वागत मन्तब्य सहितको अनुमतिमा औपचारिक रुपमा सन्चालन भै कार्यक्रमको प्रशिक्षण क्षेत्रीय प्रबन्धक राजेन्द्र बहादुर खड्काले गर्नु भएको थियो ।उक्त कार्याक्रमको सहजिकरण शाखा प्रमुख हिमाल भन्डारीले गर्नुभएको थियो ।

कार्यक्रमको प्रतिक्रिया सेसनमा सहभागीहरुले ‘बित्तिय साक्षरता र लघुउधमी लगायत बचत,कर्जा लगायतको बिषयमा हाल सम्म यस किसिमको कार्यक्रम आफुहरुले लिन नपाएको र पहिलो पटक सिक्न बुझ्न पाएकोमा एनएमबी लघुबित्तलाई धन्यवाद ब्यक्त गर्नुभयो ।’

उक्त नगरपालिकाको सबै वडा ,मधुवन नगरपालिका र बार्बर्दिया नगरपालिका सहितका केही वडाहरु सहित उक्त क्षेत्रका करिब ५सय भन्दा धेरै घरधुरिलाई सेवा दिदै आएको छ।

गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा न ८ न्यूरोड कास्कीमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले ७ वटै प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरी करिव एक लाख तिस हजार विपन्न घरपरिवारलाई लघुवित्तले सेवा प्रदान गदैँ आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा एनएमबि लघुवित्तले दियो बित्तीय साक्षरता,स्थानीयको उत्साहजनक उपस्थिति

१० फाल्गुन २०८१, शनिबार १२:५७
दैलेख। जिल्लाको दुल्लु नगरपालिका वडा न–४ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दुल्लुले ग्राहक केन्द्रित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम दुल्लु नगरपालिका –१ नाउलेमा शनिवार संचालन गरेको छ। उक्त कार्यक्रममा ४० जना भन्दा बढी स्थानियको उपस्तिथि रहेको थियो। दुल्लु शाखा कार्यालयले पुस १६ गते देखि हाल सम्म […]