सेयर बजार आज ५३ अंकको गिरावट, करोबार रकम पनि घट्यो

कर्णाली अनलाइन २२ मंसिर २०७८, बुधबार ०९:५३

काठमाडौँ।सेयर बजार बुधबार पनि ओरालो लागेको छ। सेयर बजार आज ५३.३१ अंकले ओरालो लागेको हो।सेयर बजार ५३.३१ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ४५५.६० विन्दुमा सीमित भएको छ।

सेयर बजारसँगै कारोबार रकम पनि ओरालो लागिरहेको छ। आज ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँमा कारोबार भएको छ। हिजो मंगलबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको कारोबार भएको थियो।

आज सबै उपसमूह राताम्मे छन्। कम्पनीतर्फ भने अजोड इन्स्योरेन्स १.०३ प्रतिशत, फरवाड माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड ०.११ प्रतिशत र मैलुङ खोला जल विद्युत कम्पनी लिमिटेड १.८९ प्रतिशतले बढेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुढानीलकण्ठ भेलाले सभापति बाहेकको उम्मेद्वार टुंगो लगाउन सकेन

२२ मंसिर २०७८, बुधबार ०९:५३
काठमाडौँ ।आफ्नो पक्षको उम्मेद्वार चयन गर्न बसेको कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको बैठक ठोस निर्णय विनै सकिएको छ।देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा सभापतिमा देउवाको विकल्प नभएको निष्कर्ष निकालेको सहभागी एक नेताले जनाकारी दिए। बैठकमा नेताहरुले देउवा समक्ष आआफ्नो दाबी पेश गरेका छन्। उपसभापतिमा विजयकुमार गच्छदारको दाबी पेश गरेका छन्। […]