सेयरबजार ८० अंकले घट्यो, ५ अर्व ८३ करोडको कारोबार

कर्णाली अनलाइन १२ मंसिर २०७८, आईतवार १०:१९

काठमाडौँ।साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार ८०.२९ अंकले ओरालो लागेको हो।सेयर बजार ८०.२९ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ५१.४९ विन्दुमा सीमित भएको छ।

आज १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँमा कारोबार भएको छ।आज सबै उपसमूह राताम्मे छन्। सबैभन्दा बढी ट्रेडिङ उपसमूह ५.३७ प्रतिशतले ओरालो लागेको छ।

यस्तै कम्पनीतर्फ आइसीएफसी फाइनान्स लिमिटेड ९.७८ प्रतिशत, सामलिङ पावर कम्पनी लिमिटेड ८.२१ प्रतिशत, निरधान उत्थान लघुवित्त संस्था लिमिटेड ३.४३ प्रतिशत, नेपाल एसबिआइ बैंक लिमिटेड २.८६ प्रतिशत र सानिमा जर्नल इन्स्योरेन्स लिमिटेड १..५२ प्रतिशतले बढेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटमा मिनिट्रक दुर्घटनाहुदाँ १जनाको घटनास्थमै मृत्युु १जना घाइते

१२ मंसिर २०७८, आईतवार १०:१९
कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा १ कोटवाडामा बा५ख८६४३ नम्बरको मालवाहक मिनिट्रक दुर्घटना भएको छ।दुर्घटनामा परि नरहरिनाथ गाउँपालिका वडा-१ का स्थानीय जय बहादुर विष्टको घटनास्थलमै मृत्युु भएको छ। भने गाडीमालिक नेत्र विष्ट घाइते भएको र मिनिट्रकका चालक र सह चालक सामान्य घाइते भएका कुमलगाउँ प्रहरी चौकीले जानकारी दिएको छ।सुनथरालि विमानस्थलको निर्माण […]