काठमाडौं । आज बिहीबारदेखि सरकारी कार्यालयको सेवा ४ बजे नै बन् हुने भएको छ। कात्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाको भन्दा एक घण्टा अघि हुने नियम छ।
यसैअनुसार बिहीबारदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे बन्द हुनेछ। अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन्।
जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ। अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ।

