७७ जिल्लामा पुग्यो मतपत्र,पालिकामा पठाउने तयारी

कर्णाली अनलाइन २४ बैशाख २०७९, शनिबार ०२:११

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ ।आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो ।

सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।

उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कुल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो । आयोगले वैशाख १२ गतेसम्ममै आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरमा पार्किङ गरी राखिएको दुइ वटा गाडीमा आगजनी

२४ बैशाख २०७९, शनिबार ०२:११
सुर्खेत। वीरेन्द्रनगरमा चुनावको मुखमा विभिन्न ठाउँहरूमा घटनाहरु घट्न थालेका छन् । गए राती जुम्ला रोडमा  चुनाव प्रचार प्रसारका लागि प्रयोग गरिएको  आगजनी गरिएको छ । पार्किङ गरी राखिएको बा – १४ च – ६८३१ नम्बरको स्कारपियो र कर्णाली प्रदेश – ०२ ००१ ख-  ००६१ नम्बरको हाइस गाडीमा करिव रातको १२: […]