शेयर बजार आज पनि घट्यो, कारोबार रकम र सङ्ख्यामा पनि कमी

कर्णाली अनलाइन १३ पुष २०७८, मंगलवार १०:३९

काठमाण्डाै।हिजो साेमवार ७० अङ्कले घटेको नेप्से आज मङ्गलवार पनि ओरालो लागेको छ । नेप्से आज दुई दशमलव ६६ अङ्कले घटेर दुई हजार पाँच सय १८ दशमलव ९९ विन्दुमा झरेको छ ।आज व्यापार, फाइनान्स, माइक्रोफाइनान्स, विकास बैंक, जलविद्युत् र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।

आज दुई सय ३० कम्पनीका ५८ लाख २८ हजार कित्ता शेयर तीन अर्ब १२ करोड ५५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टीलरीको २६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।आज गोर्खाज फाइनान्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादीको महाधिवेशन दुई दिन लम्बिने

१३ पुष २०७८, मंगलवार १०:३९
काठमाडौँ ।नेकपा माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने भएको छ । गएको आइतबारदेखि सुरु भएको महाधिवेशनको समय माओवादीले दुई दिन थप गरेको हो ।पुस १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएकाले दुई दिन थप गर्ने निर्णय भएको माओवादीले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि […]