सातै प्रदेशले आज बजेट ल्याउँदै

कर्णाली अनलाइन १ असार २०७९, बुधबार ०५:१६

काठमाडाैं । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।

प्रदेश सरकारले आ-आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सातवटै प्रदेश सरकारको चालु आवको बजेट २ खर्ब ६१ अर्ब रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रूखले च्यापेर  मुगुमा एकजनाको मृत्यु

१ असार २०७९, बुधबार ०५:१६
सुर्खेत । मुगुमा रूखले च्यापेर एकजनाको मृत्यु भएको छ । छाँयानाथ रारा नगरपालिका–१० चरापका २४ वर्षीया तुलाराम विकको मृत्यु भएको हो । जंगलमा दाउरा काट्न जादा सल्लाको रुखले च्यापीएर घाइते भई थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।