पलाँता गाँउपालिका समृद्ध बनाउन कर्मचारीको महत्वपुर्ण भुमिका रहयो -अध्यक्ष बम

कर्णाली अनलाइन १८ चैत्र २०७८, शुक्रबार ०१:४१

कालिकोट।जिल्लाको पलाँता गाँउपालिकाको लोडेज्युला स्थित पलाँता सरकार र कर्मचारी विच पाँच वर्ष समिक्षा कार्यक्रम विहिबार सम्पन भएको छ । उक्त समिक्षा कार्यक्रममा शाखाको प्रगती विवरण समस्याहरुको विषयमा छलफल गरिए संगै गाँउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पतातीकान्छा)ले भने ‘पलाँता समृद्ध तपाईहरुले नै बनाउनु भएको हो कर्मचारी लाई धन्यावाद दिदैँ आफुले अन्य पार्टी तथा पार्टीका आन्तरिक शक्तिहरु पुरै बिपक्षमा लागेता पनि सफलता पुर्वक यहाँ सम्म आईपुगेका छौँ’।

कर्मचारीहरु ढुक्क बस्नु होस हामी राजनीति गर्ने हो ।अवका दिनमा अस्त व्यस्तताको बिच बाट भएपनि अगाडी बढछौँ ।आजको निर्णय लाई कार्यपालिकाको मिटिङ्गमा समावेश गर्ने गरि यो मिटिङ्गमा राखेका हौँ ।पलाँता गाँउपालिकाले स्थानीय करार कर्मचारी विधि द्धारा राज्य लाई चुनौती सम्म दियो ।

पलाँता गाँउपालिकामा तपाई करार कर्मचारी माथी औँला उठाउन सम्म नसक्ने गरि लागि परेका छौ।करार कर्मचारी एक जना लाई मात्र जागीर बाट निस्कासन गर्न सक्ने सरकार आयो भन पलाँता गाँउपालिका नै बन्द गरिने बताउनु भयो।उक्त समिक्षा कार्यक्रममा गाँउपालिका उपाध्यक्ष दाना न्यौपाने,वार्ड न ९ का अध्यक्ष टक्क बहादुर बम,वार्ड न २ का अध्यक्ष बिद्धी कामी,७ का वार्ड अध्यक्ष बर्ज बहादुर बम,निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्मशि बम लागायत विभिन्न शाखाका प्रमुख र करार कर्मचारीहरुको उपस्थितमा समिक्षा कार्यक्रम सम्पन भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गायिका एलिनादेखि बालगायक मल्ल सुर्खेत आउँदै

१८ चैत्र २०७८, शुक्रबार ०१:४१
सुर्खेत । कर्णाली घुमौं वृहत साँस्कृति कार्यक्रमका लागि अहिलेका चर्चित गायक र गायिका सुर्खेत आउन लागेका छन् । वीरेन्द्रनगरको घण्टाघरमा आयोजना गरिएको कार्यक्रममा चर्चित तीन गायिका र बाल गायक सहभागी हुन लागेका हुन् । कर्णाली प्रदेश पर्यटन क्षेत्रमा धनी भएकाले प्रचारप्रसार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल ह्याण्ड बल संघ शाखा […]