फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प

कर्णाली अनलाइन २ मंसिर २०८०, शनिबार १०:४८

काठमाडाैं । फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ ।शुक्रवार दिउँसो दक्षिणी फिलिपिन्सको डाभाओ ओक्सीडेन्टलमा ७.२ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले जनाएको छ ।

दिउँसो ४ बजेर १४ मिनेटमा भूकम्प गएको संस्थानले जनाएको छ । १० किलोमिटरको गहिराइमा सारङ्गानी शहरबाट ३० किलोमिटर दक्षिणपश्चिममा केन्दबिन्दु रहेको बताइएको छ । इन्स्टिच्युटले टेक्टोनिक भूकम्पले पराकम्पन आउने र क्षति पुर्‍याउने बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटको रास्कोटमा बोलेरो जिप दुर्घटना

२ मंसिर २०८०, शनिबार १०:४८
कालिकोट। जिल्लाको रास्कोट नगरपालिका वडा न २ को बुढी साइनमा बोलेरो जिप दुर्घटना भएको छ। शनिवार लालीघाटबाट रास्कोट नगरपालिकाको सेराबजार तर्फ जादैँ गरेको क.प्र.००२ –००१ ज ०५८२ नम्वरको डवल क्याप बोलेरो जिप दुर्घटना भएको छ। जिप दुर्घटनामा दैलेख जिल्लाको चामुण्डा बिन्दासैनि नगरपालिका वडा नम्वर ९ घर भएका चालक लोकेन्द्र बहादुर […]

सम्बन्धित शीर्षक