शेयर बजार आज पनि घट्याे, ३ अर्ब ८२ कराेड रुपैयाँकाे काराेबार

कर्णाली अनलाइन २७ माघ २०७८, बिहीबार १०:२७

काठमाडौँ।शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो बुधवार २२ अङ्कले घटेको शेयर बजार आज बिहीवार ११ दशमलव ९६ अङ्कले घट्दै दुई हजार आठ सय एक दशमलव ५६ विन्दुमा झरेको छ ।

आज व्यापार, अन्य र म्याुचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २७ कम्पनीको ६९ लाख ५० हजार कित्ता शेयर तीन अर्ब २ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज मिथिला लघुवित्तको शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि नबिल इक्विटी फन्डको शेयर दुई दशमलव ७६ प्रतिशतले बढेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको लाटीकोईलीबाट अवैध काठ बरामद

२७ माघ २०७८, बिहीबार १०:२७
सुर्खेत ।जिल्लाको लाटीकोईलीबाट अवैध काठ बरामद गरिएकाे छ । वीरेन्द्रनगर नगरपालिका-९ शिबमन्दिर नजिकैबाट प्रहरीले काठ र नम्बर नखुलेका दुइ वटा मोटरसाईकल नियन्त्रणमा लिएकाे हाे । दुइ जना ब्यक्तिले अबैधरुपमा सालको चिरान काठ तीन फिटका १२ वटा कडी र सात फिटका १२ वटा कडी बरामद गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ […]