नेपाली सेनाका विभिन्न प्राविधिक पदमा भर्ना खुल्यो (सुचीसहित)

कर्णाली अनलाइन १४ चैत्र २०७८, सोमबार ०५:५९

काठमाडौँ।नेपाली सेनाले रिक्त रहेका विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ ।लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित २९ अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको हो ।

उपसेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना र लेखा उपसेनानीका लागि ४० जना माग गरिएको छ । यस्तै सैनिक उपचारिका उपसेनानीमा १८ जना र कम्प्युटर प्राविधिक उपसेनानीमा १६ सहित २९ पदमा १ सय ९४ जनाको लागि आवेदन खुलेको हो ।सबै पदमा आउँदो वैशाख १३ गतेसम्ममा अनलाइनबाट फारम भर्न सकिने नेपाली सेनाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनको शङ्घाई सहरमा पुन:लकडाउन

१४ चैत्र २०७८, सोमबार ०५:५९
एजेन्सी।चीनको शङ्घाई सहरमा लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउनकाे घोषणा गरिएको हो । अबको ९ दिनसम्म शङ्घाईमा दुई चरणमा लकडाउन हुनेछ । सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ तारिखदेखि ५ तारिखसम्म लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको […]

सम्बन्धित शीर्षक