पछिल्लोपटक गरेका सबै सरुवा रोक्न प्रधानमन्त्री देउवाको निर्देशन

कर्णाली अनलाइन २९ पुष २०७८, बिहीबार ०८:२०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन् । आज प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीले दुई दिनयता गरेका सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागू भइसकेको बेला सरुवा गरिएको भन्दै विरोध भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

२९ पुष २०७८, बिहीबार ०८:२०
  काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। धनकुटाको धनकुटा नगरपालिका-२ नागढुंगामा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। टिपर चालक प्युठानको माण्डबी गाउँपालिका-१ का २७ वर्षीय भुबन ठेडी मगर र परिचालक दाङको बबई गाउँपालिका-३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै […]