चीनको शङ्घाई सहरमा पुन:लकडाउन

कर्णाली अनलाइन १४ चैत्र २०७८, सोमबार ०६:०५

एजेन्सी।चीनको शङ्घाई सहरमा लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि आज बिहानदेखि लागू हुने गरी लकडाउनकाे घोषणा गरिएको हो । अबको ९ दिनसम्म शङ्घाईमा दुई चरणमा लकडाउन हुनेछ ।

सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ तारिखदेखि ५ तारिखसम्म लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । शङ्घाईमा रहेका सबैको स्वास्थ्य परीक्षणका लागि लकडाउन घोषणा गरिएको स्थानीय अधिकारीले बताएका छन् ।

लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने खबरमा उल्लेख गरिएको छ ।  कोरोना भाइरसको सङ्क्रमण शून्य  जस्तै रहेको चीनमा  फेरि सङ्क्रमण बढ्न थालेको छ । चीनले सङ्क्रमण रोक्न कडा प्रतिबन्धहरू लगाउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काेहलपुरबाट सुर्खेततर्फ आउँदै गरेकाे ट्रक दुर्घटना, चालककाे मृत्यु

१४ चैत्र २०७८, सोमबार ०६:०५
सुर्खेत।सरिया र सिमेन्ट बाेकेकाे ट्रक दुर्घटनाहुँदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ । काेहलपुरबाट सुर्खेततर्फ आउँदै गरेकाे ट्रक आज विहान दुर्घटना भएकाे हाे ।रत्न राजमार्गकाे चिसापनी-बबइ खण्डकाे बाँसगढी नगरपालिका-१ उन्नती खाेलामा लु २ ख ८८३ नम्बरकाे ट्रक सडकबाट अन्दाजी ६० मिटर तल खसेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार कृष्ण […]