इंग्लिस प्रिमियर लिग : आज सात खेल हुँदै

कर्णाली अनलाइन १४ कार्तिक २०७८, आईतवार ०४:५८

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा आज शनिवार सात वटा खेल हुँदैछन्। बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा ब्रेन्टफोर्ड र बर्नली खेल्दैछन्।

त्यस्तै राति सवा १० बजे टोटनहम र म्यानचेस्टर युनाइटेड खेल्नेछन्। यसअघि युनाइटेड लगातार दुई खेलमा पराजित भएको थियो।९ खेलमा १५ अंकका साथ टोटनहम छैठौं र युनाइटेड १४ अंकका साथ सातौं स्थानमा छ। त्यस्तै ९ खेलमा २२ अंकका साथ चेल्सी अंक तालिकाको शीर्ष स्थानमा छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘वर्गीय विभाजन र वर्ग संघर्ष’

१४ कार्तिक २०७८, आईतवार ०४:५८
सामाजिक श्रमविभाजन र सामाजिक वर्ग विभाजन दुइटा भित्र सामाजिक अवस्था हुन्। यस भिन्नतालाई स्पष्टतासाथ बुझ्नु आवश्यक हुन्छ। मानव समाजका उत्पत्ति र विकासको इतिहास प्रकारान्तरले सामाजिक उत्पादन प्रणालीको विकास र परिवर्तनको इतिहास पनि हो। सामाजिक उत्पादनको विकाससँगै सामाजिक श्रमविभाजन सामाजिक उत्पादन प्रणालीको परिवर्तन, सामाजिक-आर्थिक संरचनाको विकास र परिवर्तन यस इतिहासका अभिन्न […]