टी-२० विश्वकप : उपाधि इंग्ल्यान्डको पोल्टामा, पाकिस्तान ५ विकेटले पराजित

कर्णाली अनलाइन २७ कार्तिक २०७९, आईतवार २२:४२

एजेन्सी।टी–२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको छ।अष्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट ग्राउण्डमा आज भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टी–२० विश्वकपको उपाधि उचालेको हो।

पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।इंग्ल्यान्डको जितमा बेन स्टोकले अविजित रहँदै सर्वाधिक ५२ रनको योगदान गरे। कप्तान जोश बटलरले २६ र ह्यारी ब्रुकले २० रन जोडे। मोइन अलीले १९ रनको योगदान गर्दा फिल साल्टले १० रन जोडे।

पाकिस्तानका लागि ह्यारिस रउफले २ विकेट लिए भने शाहीन अफ्रिदी‚ मोहम्मद वसिम र सादाब खानले १/१ विकेट लिए। क्याच समात्दा अफ्रिदी घाइते भएकाले उनले २ ओभर १ बलमात्र बलिङ गर्न सके।टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय  ३७ रनमात्र बनाएको थियो।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए भने कप्तान बाबर आजम ३२ रन बनाएर आउट भए। मोहम्मद रिजवानले १५ रन बनाए भने ​शादाब खानले २० रन बनाए।

पाकिस्तानको विकेट निरन्तर झरिरहँदा मोहम्मद ह्यारिसले ८ रन, मोहम्मद वासिमले ४ रन, मोहम्मद नवाजले ३ रनमात्र बनाउन सके। इफ्तिखार अहमद कुनै रन नबनाई शून्यमै आउट भए।

शाहिन शाह अफ्रिदी ५ रनमा अविजित रहे भने ह्यारिस रउफ १ रनमा अविजित रहेपछि पछि निर्धारित २० ओभरमा पाकिस्तानको स्कोर ८ विकेटको क्षतिमा १ सय ३७ रनमात्र रह्यो।

इंग्ल्यान्डका साम करनले ३ विकेट लिए। घातक बलिङ गरेका उनले त्यसका लागि ४ ओभरमा १२ रनमात्र दिए। क्रिस जार्डन र आदील राशिदले २र२ विकेट लिए भने बेन स्टोक्सले १ विकेट लिए।

उपाधि जित्ने सुरमा मैदानमा उत्रिएका दुवै टोलीबीच आज कडा प्रतिस्पर्धा भए पनि पाकिस्तानको ब्याटिङ भने नचल्दा सामान्य स्कोरमै इंग्ल्याण्डलाई रोक्नुपर्ने दबाबमा परेको थियो।

इंग्ल्यान्डले भारतलाई र पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजार सुरक्षाकर्मी परिचालन

२७ कार्तिक २०७९, आईतवार २२:४२
सुर्खेत । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८०७ सुरक्षा जनशक्ति परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार मतदानस्थलमा पाँच हजार ७२९ जना नेपाल प्रहरी […]