
काठमाडौँ।मङ्गलवार मध्यरातपछि हुने फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा आमुन्नेसामुन्ने हुन लागेका आर्जेन्टिनाका लियोनेल मेस्सी र क्रोएशियाका लुका मोड्रिचबीच तुलना हुने यस्ता कैयौँ विषय छन्।
पीएसजीबाट खेल्ने ३५ वर्षीय मेस्सी अनि रेआयल मड्रिडका ३७ वर्षे मोड्रिचका लागि यो विश्वकप फुटबलको अन्तिम प्रतियोगिता हो।
यो खेल जित्ने टोली फाइनमा पुग्नेछ भने हार्ने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।

