आईसीसीयु–१९ महिला क्रिकेट टोलीको बिदाइ

कर्णाली अनलाइन १८ जेष्ठ २०७९, बुधबार ००:३६

काठमाडौँ ।आईसीसी यु–१९ महिला विश्वकपअन्तर्गत एशिया छनोटका लागि मलेसिया जाने नेपाली यु–१९ टोलीलाई मंगलबार बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक कार्यक्रमको आयोजना गरेर बुधबार मलेसियातर्फ जाने किशोरी टोलीको बिदाइ गरेको हो। टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतको टोलीले बिदाइ गरेको छ।

बिदाइपछि बोल्दै नेपाली टोलीकी कप्तान कृर्तिका मरासिनीले शीर्ष टोली भएर विश्वकपमा स्थान बनाउने लक्ष्यकासाथ तयारी गरेको र लक्ष्यमा पुग्ने प्रतिक्रिया दिइन्।उनले भनिन्, ‘पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुँदैछौँ। एक महिना लामो अभ्यासअन्तर्गत हामीले राम्रो तयारी गरेका छौँ। राम्रो खेलेर छनोट हुने लक्ष्य राखेका छौँ।’

यसअघि क्यानले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ। एक महिना लामो अभ्यास गरेको टोलीले राम्रो नतिजा निकाल्नेमा मुख्य प्रशिक्षक महेश रिजाल विश्वस्त छन्। ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा शीर्ष टोली बन्दै नेपाल विश्वकपमा छनोट हुने मुख्य प्रशिक्षक रिजालले बताए।

‘एक महिना लामो अभ्यासमा हामीले गर्नुपर्ने मेहनेत हामीले गरेका छौँ। राम्रो नतिजा निकाल्नेमा आशावादी छौँ। ६ टिमले सहभागिता जनाएको प्रतियोगितामा अग्र स्थानमा रहँदै छनोट हुने हाम्रो लक्ष्य छ,’ उनले भने।

मलेसियामा आयोजना हुने छनोटमा आयोजक मलेसियासहित नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान र कतारले सहभागिता जनाउँदै छन्।नेपालले पहिलो खेल कतारसँग जुन ३ मा खेल्दै छनोटको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन ४ मा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ भने भुटानविरुद्ध जुन ६ मा खेल्ने छ।

त्यस्तै नेपालले जुन ७ मा थाइल्याण्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ। शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ससुरा र देवरको हत्या गर्ने महिला पक्राउ

१८ जेष्ठ २०७९, बुधबार ००:३६
लहान । सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति  अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र छोरा १९ वर्षीय सन्तकुमारको त्या भएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी बुहारी २६ […]