ससुरा र देवरको हत्या गर्ने महिला पक्राउ

कर्णाली अनलाइन १८ जेष्ठ २०७९, बुधबार ००:४९

लहान । सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति  अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र छोरा १९ वर्षीय सन्तकुमारको त्या भएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका–४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो।

संघीय प्रहरी एकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान थालेको थियो। घटनामा संलग्न रहेको पाइएपछि तीनै जनालाई पक्राउ गरेकोप्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुए।

उक्त घटनामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोला र चार थान मोबाइलसमेत बरामद गरिएको उनले जानकारी दिए। पारिवारिक रिसिइबीका कारण बाबुछोराको हत्या भएको खुलेको छ।पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कन्सर्टमा गीत गाउँदागाउँदै भारतीय गायक केकेको निधन

१८ जेष्ठ २०७९, बुधबार ००:४९
काठमाडौं । कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै भारतका चर्चित गायक केकेको निधन भएको छ । गीत गाउँदागाउँदै हृदयघात भएका कारण उनको निधन भएको थियो ।मञ्चमै ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरे । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका […]

सम्बन्धित शीर्षक