कन्सर्टमा गीत गाउँदागाउँदै भारतीय गायक केकेको निधन

कर्णाली अनलाइन १८ जेष्ठ २०७९, बुधबार ०१:१५

काठमाडौं । कोलकताको एक कन्सर्टमा गीत गाउँदागाउँदै भारतका चर्चित गायक केकेको निधन भएको छ । गीत गाउँदागाउँदै हृदयघात भएका कारण उनको निधन भएको थियो ।मञ्चमै ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरे ।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन् ।केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए । उनले हिन्दीमा दुई सयभन्दा धेरै गीत गाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एअरको विमान केही मिनेटमै फिर्ता

१८ जेष्ठ २०७९, बुधबार ०१:१५
 काठमाडौँ।काठमाडौँबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौँ नै फिर्ता भएको छ।काठमाडौँबाट उडेको १०-१२ मिनेटमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फिर्ता भएको नागरिक उड्डयन कार्यालय चन्द्रगढी विमानस्थलले जनाएको छ। कार्यालयका प्रवक्ता किशोर खत्रीका अनुसार भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज काठमाडौँ फिर्ता भएको हो।काठमाडौं विमानस्थलमा जहाज […]