रुसले फेरि दियो रासायनिक हतियार प्रयोग गर्ने चेतावनी, यसको अर्थ के होला?

कर्णाली अनलाइन १३ चैत्र २०७८, आईतवार ०३:३६

एजेन्सी।रुसले युक्रेन युद्धमा रासायनिक हतियार प्रयोग गर्न सक्ने सम्भावना दोहो¥याएको छ। युक्रेनको दक्षिण क्षेत्रका प्रमुख सहरमा आफ्ना सैनिकहरु अघि बढ्न नसकिरहेका बेला फेरि रासायनिक हतियार प्रयोग गर्न सकिने चेतावनी दिएको हो।

रुसका पूर्वराष्ट्रपति र हाल सुरक्षा परिषद्का उपप्रमुख रहेका डिमित्री मेडभेडेभले ‘शत्रु’ विरुद्ध रासायनिक हतियार प्रयोग गर्न सकिने बताएका छन्। उनले मस्कोमा रासायनिक हतियारतर्फ संकेत गर्दै ‘शत्रुमाथि’ निशाना बनाउन सकिने बताएका हुन्।

यस्तै रक्षामन्त्रीले पनि रासायनिक हतियार ‘तयारी अवस्था’ राखिएको र त्यो प्राथमिकतामा रहेको बताएका छन्। १२ दिनसम्म सार्वजनिक रुपमा नदेखिएका रुसी रक्षामन्त्री सर्गेइ शोइगुले शनिबार सैन्य जनरललाई सम्बोधन गरेर रासायनिक हतियार प्रयोग गर्न सकिने बताएका हुन्।

उनीहरुले शनिबार यस्तो टिप्पणी गरेका हुन्। त्यसपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस पूरा विश्वका लागि प्रमुख चुनौती रहेको बताए। कतारमा भएको दोहा फोरमलाई भिडियो लिंकमार्फत सम्बोधन गर्ने क्रममा जेलेन्स्कीले रुसलाई लिएर विश्वलाई सचेत बनाएका हुन्।

‘रासायनिक हतियारको प्रयोग गरेर सबै ध्वस्त पार्ने चेतावनी दिँदै रुसले बार्गेनिङ गरिरहेको छ, यो जोखिम कुनै विशेष देशका लागि मात्रै नभएर पूरा ब्रह्माण्डका लागि हो’, जेलेन्स्कीले भनेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको सुरुवातदेखि नै रासायनिक हतियार प्रयोगको चेतावनी दिँदै आएका छन्।पश्चिमा राष्ट्रका अधिकारीले भने रासायनिक हतियार प्रयोग गर्ने रुसको पछिल्लो चेतावनी युक्रेन युद्धमा आफ्नो विफलताबाट ध्यान भड्काएर किएभबाहेकका युक्रेनका प्रमुख सहरमा अघि बढ्ने नियतले गरिएको हुन सक्ने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालकाे आन्तरिक मामिलामा हुने हस्तक्षेप र भूराजनीतिक खेलविरुद्ध चीन उभिन्छ-चिनियाँ विदेशमन्त्री वाङ यी

१३ चैत्र २०७८, आईतवार ०३:३६
काठमाडौँ ।नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता जोखिम पर्ने गरी हुने कुनै पनि भूराजनीतिक वा कूटनीतिक गतिविधिको चीनले विरोध गर्ने बताएका छन्। नेपालका परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग शनिबार भएको भेटवार्ताको क्रममा मन्त्री वाङले नेपालमा हुने कुनै पनि भूराजनीतिक खेलको चीनले विरोध गर्ने स्पष्ट पारेको चिनियाँ […]

सम्बन्धित शीर्षक