विद्युत मीटर वडाबाटै वितरण गर्न गुराँस गाउँपालिका अध्यक्ष बिसीको निर्देशन

कर्णाली अनलाइन ७ जेष्ठ २०७९, शनिबार ०८:५५


दैलेख । नव निर्वाचित गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवा खड्काले शुक्रवार एक समारोहको विच पदभार ग्रहण गरेका छन।पदबहालीसँगै गुराँस गाउँपालिका अध्यक्ष टोप विसीले जनताले विद्युत मिटर जडानका सम्बन्धमा अनावश्यक समस्या खेपिराख्नु परेको हुदाँ विद्युत मीटर  गुराँस गाउँपालिकाका प्रत्येक वडाबाटै वितरण गर्न निर्देशन दिएका छन।

यसअघि विद्युत मीटर  लैजान गाउँपालिकामै धाउनु पर्ने हुँदा स्थानिय उपभोगत्ताले अनेकौं सास्ती खेप्नु परेको थियो । २ हजार ५ सय मा खरिद गरीएको मीटर बक्स गाउँपालिकाबाट मात्र लिनुपर्ने हुँदा विद्युत वितरणमा समेत ढिलासुस्ती भईरहेको थियो। गाउँपालिकामा मीटर लैजान आउँदा कर्मचारीले डेलिभरी नदिने हुँदा १ /२ दिन पालिकामै कुरेर बस्नु पर्ने बाध्यकारी अवस्था रहेको थियो ।

यस्तो सामान्य कुरामा अनेकौं सास्ती झेल्लु परिरहेको भन्दै शुक्रवार गुराँस गाउँपालिकामा आयोजीत पद भार ग्रहण समारोहलाई सम्बोधन गर्दै आफ्नो कार्यकालको पहिलो दिनमै नव निर्वाचित अध्यक्ष टोप विसीले वडा मार्फत जनताको घरदैलोसम्म विद्युत मिटर बक्स वितरण गर्न निर्देशन दिएका छन ।२ हजार ५ सय रुपैयाँ पर्ने विद्युत मिटरलाई अव प्रत्येक वडा कार्यालयबाट बितरण गर्ने भए पछि स्थानीयबासि खुसी भएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भरतपुरमा रेनु दाहालको अग्रता कायमै

७ जेष्ठ २०७९, शनिबार ०८:५५
चितवन । भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर छ ।ताजा मत परिणाम अनुसार दाहाल ७ हजार ३ सय ८८ मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ । दाहालले अहिलेसम्म ३५ हजार ४९ मत पाउनु भएको छ भने सुवेदीले २७ हजार ६ सय ६१ मत पाउनु भएको छ । यस्तै […]