नेपालकाे आन्तरिक मामिलामा हुने हस्तक्षेप र भूराजनीतिक खेलविरुद्ध चीन उभिन्छ-चिनियाँ विदेशमन्त्री वाङ यी

कर्णाली अनलाइन १३ चैत्र २०७८, आईतवार ०५:०९

काठमाडौँ ।नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता जोखिम पर्ने गरी हुने कुनै पनि भूराजनीतिक वा कूटनीतिक गतिविधिको चीनले विरोध गर्ने बताएका छन्।

नेपालका परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग शनिबार भएको भेटवार्ताको क्रममा मन्त्री वाङले नेपालमा हुने कुनै पनि भूराजनीतिक खेलको चीनले विरोध गर्ने स्पष्ट पारेको चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।

परराष्ट्रमन्त्री खड्कासँगको भेटमा विदेशमन्त्री वाङको भनाइ उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ, ‘नेपालसम्बन्धी कुनै पनि विषयमा नेपालीहरुले नै निर्णय लिनुपर्ने विश्वास चीनको छ। नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतामाथि आँच आउने खालका कुनै पनि गतिविधिको चीनले विरोध गर्छ। नेपालका आन्तरिक मामिलामा हुने हस्तक्षेप र नेपालमा हुने भूराजनीतिक खेलविरुद्ध चीन उभिन्छ।’

नेपाल चीन र दक्षिण एसियाबीचको सहकार्यका लागि उर्बर भूमि बन्नुपर्ने उनले बताएको समाचारमा उल्लेख छ। नेपाललाई चीनले अरु देशसँगको क्षेत्रीय सहकार्यमा चीनको साझेदारका रुपमा ठूलो भूमिका निर्वाह गरेको देख्न चाहने वाङले बताएका छन्।

नेपालको आन्तरिक तथा परराष्ट्र नीति स्वतन्त्र हुनु पर्ने पक्षमा चीन रहेको बताएका वाङले नेपाल भूराजनीतिक खेलका लागि प्रयोग हुन सक्ने देखिएको भन्दै त्यसविरुद्ध लाग्ने स्पष्ट रुपमा उल्लेख गरेका हुन्।

चिनियाँ विदेशमन्त्रीको भनाइ नेपालको विषयमा पछिल्लो केही समययता अमेरिका र चीनबीच देखिएको तनावका सन्दर्भमा आएकाले अर्थपूर्ण छ। संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी पारित हुनुपूर्व नेपालका सन्दर्भमा अमेरिका र चीनले एकअर्काको आलोचना गर्दै वक्तव्यबाजी गरेका थिए।

यस्तै नेपालका लागि सुहाउने विकासका लागि सहयोग गर्न चीन तयार रहेको पनि उनले बताएका छन्। वाङले परराष्ट्रमन्त्री खड्कासँगको भेटको क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ ९बीआरआई० लाई पनि जोड दिएको सिन्ह्वाले जनाएको छ।@देश सञ्चार

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इजरायल पठाउने नाममा ठगी गर्दै सुर्खेतको कोहिनुर टेक्निकल कलेज

१३ चैत्र २०७८, आईतवार ०५:०९
  सुर्खेत । दैलेखको आठबीस नगरपालिकाका एक युवा ३ महिनादेखि मजदुरीका लागि भारतको नयाँदिल्लीमा छन् । गर्त वर्ष इजरायल जान भन्दै उनी सुर्खेतस्थित कोहिनुर मल्टी टेक्निकल कलेजको होस्टेलमा झण्डै ३ महिना बसे । उक्त कलेजलाई २ लाख रुपैयाँ पढाइ शुल्क बुझाएका उनी अहिले ऋण तिर्ने पैसा कमाउन भारत गएका हुन् । […]