प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता गिरिले छाडे एमाले

कर्णाली अनलाइन ८ मंसिर २०७८, बुधबार ०७:४७

काठमाडौं। प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता डा. अमर गिरिले नेकपा एमाले परित्याग गरेका छन्। बुधबार वक्तव्य जारी गरेर गिरिले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। उनी एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत हुन्।

एमालेमा नवौं महाधिवेशनदेखि दक्षिणपन्थी चिन्तन हलक्क बढेको, महाधिवेशनबाट पारित विचारनीति, कार्यक्रम, कार्यदिशाविपरीत हिँड्न सुरु गरिएको र केपी ओली यस चिन्तनको केन्द्रमा रहेको आरोप उनले लगाएका छन्। उनले पार्टीमा यथास्थितिवादी चिन्तन, चरम व्यक्तिवाद, नेतृत्वको देवत्वकरण, नैतिक मूल्यको गम्भीर क्षय भएको पनि आरोप लगाएका छन्।

दशौं महाधिवेशनमा गम्भीर राजनीतिक, वैचारिक छलफल, विगतका कार्यहरुको सिंहावलोकन, कमजोरीहरुको समीक्षा नभई नेतृत्व चयनमा केन्द्रीत रहेर सकिने भएकाले आफूले दक्षिणपन्थी विचलनका विरुद्ध संघर्ष गर्ने गिरिले बताएका छन्। उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीम प्रवेश गरेको घोषणा पनि गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूतबीच शिष्टाचार भेट

८ मंसिर २०७८, बुधबार ०७:४७
काठमाडौं ।प्रधानसेनापति महारथी प्रभुराम शर्मा र स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओसवाल्ड बीच शिष्टाचार भेटघाट भएको छ।बुधबार जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको छ।