भारतले आज ७४औँ गणतन्त्र दिवस मनायो

कर्णाली अनलाइन १२ माघ २०७९, बिहीबार १८:२२

काठमाडौं।​भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदैछ। यस अवसरमा भारतले विभिन्न कार्यक्रम गरेको छ। कर्तव्य पथमा सरकारले भव्य कार्यक्रमको आयोजना गरेको छ।  इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको छ। र, सो अवसरमा इजिप्टको सेनाले पनि परेड गर्नेछ। इजिप्टका १४४ जना सेनाको टुकडी पनि आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९५० मा आजकै दिन (जनवरी २६) मा भारत गणतन्त्र घोषित भएको थियो।  भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको थियो। तर १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो।

भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो।​

त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ। संविधानले भारतीय नागरिकलाई आफ्नो देशको सरकार आफैं चुन्न सक्नेलगायतका लोकतान्त्रिक व्यवस्थाहरू स्थापित गरेको छ।

डाक्टर राजेन्द्र प्रसादले दरबार हाउसमा भारतको पहिलो राष्ट्रपतिको शपथ लिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुराँस गाउँपालिका: गाउँ प्रहरी भर्ती गर्ने निर्णयको चौतर्फी आलोचना

१२ माघ २०७९, बिहीबार १८:२२
दैलेख । दैलेख गुराँस गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने निर्णयको चौतर्फी आलोचना भएको छ। गुराँस गाँउपालिकाले ल्याउने अन्य कार्यविधिमा सामान्य आलोचना भएता पनि गुराँस गाउँ प्रहरी सञ्चालन सम्बन्धी कार्यविधि २०७९ मा चौतर्फी आलोचना भएको हो । गुराँसले यस अघि करार कर्मचारी म्याद थप नगर्ने र गाउँपालिकाले आर्थिक भार थेक्न नसक्ने […]