डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते, पाँचकाे अवस्था गम्भीर

कर्णाली अनलाइन ७ जेष्ठ २०७९, शनिबार ०८:१३

सुर्खेत। डोटीमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी १२ जना घाइते भएका छन्।घाइतेमध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिए।

दुर्घटनामा परी एक बालक बेपत्ता भएका छन्। अछामको चौरपाटी गाउँपालिका-६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएकाे र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रिबस आज बिहान ५ बजे शिखर नगरपालिका-१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको हाे।

अन्य घाइतेको पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। तीव्रगतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ। बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गठबन्धनलाई भोट दिएको भन्दै कांग्रेस कार्यकर्तामाथि कुटपिट

७ जेष्ठ २०७९, शनिबार ०८:१३
काठमाडौँ । धनकुटाको सहिदभुमी गाउँपालिकामा गठबन्धनलाई मत दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले स्थानीलाई कुटपिट गरेका छन ।नेकपा एकिकृत समाजवादीका जेवी राईलाई मत दिएको भन्दै सहिदभुमी गाउँपालिका वडा न  ६ सुके आहालमा शुक्रबार एमालेका कार्यकर्ताहरुले ४६ वर्षिय बच्चिमाया राईलाई कुटपिट गरेका हुन। बच्चिमाया छिरिन राईको उभौली चाडको लागि बुढौली खोज्न सुके […]