एक हप्तादेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय हूम्ला सोमबारदेखि सेवा सुरु

कर्णाली अनलाइन २४ माघ २०७८, सोमबार ११:३७

धनबहादुर भण्डारी

 

हुम्ला। जिल्ला प्रशासन कार्यालय हुम्लाले सोमबार देखि सेवा सुचारु गरेको छ । कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण भएपछि एक हप्तादेखि जिल्ला प्रशासन कार्यालय हुम्लाले कार्यालयको सबै सेवा बन्द गरेको थियो ।

निमित्त प्रजिअ राई कोरोना मुक्त भए संगै तोकिएको आइसोलेशन बस्ने अवधि सकिएपछि कार्यालय सुचारु गरिएको जिल्ला प्रशासन कार्यालयको स्रोतले बताएको छ । कार्यालयले सेवा सुचारु गरेपछि सेवाग्राहीलाई रोकिएको काम कार्य गर्न सहज भएको छ । सेवाग्राहीले उक्त कार्यालयमा सेवा लिदाँ अनिवार्य मास्क प्रयोगगरि खोप कार्ड तथा सामाजिक दूरी कायम गरेर सेवा सुचारु गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचन एकै चरणमा वैशाख ३० गते गर्ने सरकारको निर्णय

२४ माघ २०७८, सोमबार ११:३७
काठमाडौँ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते गर्ने निर्णय  गरेको छ।मन्त्रिरिषद् स्रोतका अनुसार एकै चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय भएको हो। यसअघि जेठ ४ मा स्थानीय निकाय निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग जानकारी लिएका थिए।