माओवादी दलको सदस्यबाट विष्ट निष्कासित

कर्णाली अनलाइन ६ चैत्र २०७८, आईतवार ०६:३३

सुर्खेत । नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मरबहादुर विष्टलाई निष्कासन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको बताउँदै उनलाई निष्कासन गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका सदस्य मा। ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको सन्दर्भमा यही चैत्र ३ गते प्रदेश सभा दलको बैठक सम्पन्न भयो । उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहाँलाई दिएको निर्देशनको अवज्ञा गरेकाले दलको सदस्यबाट निलम्बन गरिएको सुचित गरिन्छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक विष्ट नेकपा एमाले प्रवेश गदैँ

६ चैत्र २०७८, आईतवार ०६:३३
सुर्खेत।माओवादी केन्द्र कर्णाली प्रदेश सचेतक ठम्मर विष्ट आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् । वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उनलाई स्वागत गर्ने भएका हुन । विष्टसहित थप केही जिल्ला कमिटिका सदस्यहरु समेत एमालेमा प्रवेश गराउने तयारी […]

सम्बन्धित शीर्षक