‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

कर्णाली अनलाइन ७ भाद्र २०८२, शनिबार १५:४३

सुर्खेत। स्क्रब टाइफसबाट आज चितवनमा एक महिलाको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् ।

यसैबीच, जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ ।

चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भियतनामका उपराष्ट्रपति सुआन नेपाल आइपुगिन्

७ भाद्र २०८२, शनिबार १५:४३
सुर्खेत। समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपाल आइपुगेकी छन् ।उनी तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेकी हुन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उनलाई नेपाल भ्रमणका निमन्त्रणा दिएका थिए ।परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […]