महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित, दीपककुमार कार्की कायममुकाय

कर्णाली अनलाइन १ फाल्गुन २०७८, आईतवार ०७:३०

काठमाडौँ ।प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट स्वतः निलम्बित भएका छन्। संवैधानिक निकायका प्रमुखमाथि संसदमा महाअभियोगलगायत मुद्दा दर्ता हुनेवित्तिकै स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था रहेको छ।

सोहीअनुसार प्रधानन्यायाधीश जबराको निलम्बनसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम भएका छन्।सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका १०१ जना सांसदले हस्ताक्षर गरेको महाअभियोग आइतबार प्रतिनिधिसभामा दर्ता भएको छ।

न्यायालयको शुद्धीकरणको लागि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसनले आन्दोलन गर्दै आएको छ। बारले गएको कार्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको हो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १बजेसम्मका लागी फेरि सर्यो

१ फाल्गुन २०७८, आईतवार ०७:३०
काठमाडौँ।प्रतिनिधि सभाको बैठक फेरि सरेको छ ।भोलिका लागि बोलाइएको बैठक सूचना निकालेर आउँदो मङ्गलवारका लागि सारिएको हो ।संसद् सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ । सूचनामा विशेष कारणवश बैठक सारिएको भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् सचिवालयमा […]