काठमाडौँ।प्रतिनिधि सभाको बैठक फेरि सरेको छ ।भोलिका लागि बोलाइएको बैठक सूचना निकालेर आउँदो मङ्गलवारका लागि सारिएको हो ।संसद् सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ ।
सूचनामा विशेष कारणवश बैठक सारिएको भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता भएपछि बैठक सारिएको हो ।
विज्ञप्ति :