पि.बि बोहोरा सान्नित्रिवेणी- ४ कालिकोट
यसरी प्रश्न तेस्र्याउनुहुन्छ बा-आमा।
बाबू,मण्डपमा थिइस हिजो सपनामा।
सबैको आँखामा फुल्न कहाँ सकिन्छ,
बिझाउन नपरोस् ,कसैको आँखामा।
अन्तिम भेट हाम्रो त्यही दिन थियो,
जुनदिन छुट्टियौ नछुट्टिने बाचामा।
संगतले परिवर्तन हुन्छ तपाईं भन्नुहुन्छ,
के फूल बन्ने रहर नहुँदो हो काँडामा ?

