सिमकोटमा म्यादी प्रहरीको मृत्यु

हुम्ला संवाददाता १५ बैशाख २०७९, बिहीबार १५:४६

हुम्ला। जिल्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।सर्केगाड गाउँपालिका वडा ६ घर भइ हाल सिमकोटमा बस्ने अन्दाजी ४५ वर्षिय जस बहादुर रोकायाको मृत्यु भएको छ ।

सिमकोटको माथिल्लो बजारमा साथीको कोठामा गएका रोकाया मृत भेटिएका हुन । मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज उम्मेदवारहरुले मनोनयन फिर्ता लिने अन्तिम दिन,भोलि चुनाव चिन्ह प्रदान

१५ बैशाख २०७९, बिहीबार १५:४६
काठमाडौँ।स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आज दिउँसोसम्म उम्मेदवारी फिर्ता लिन पाउनेछन। फितर्चा लिने ले लिइसकेपछि निर्वाचन आयोगले आजै साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । दावी ,विरोध,उजुरीमाथि छानविन गरी आयोगले हिजो उम्मेदवारी नामावली प्रकाशन गरेको थियो।बागी उम्मेदवारी दिनेले पनि आज उम्मेदवारी लिन पाउनेछन। विभिन्न दलबाट बागी उम्मेदवारी दिनेलाई फिर्ता […]

सम्बन्धित शीर्षक