कर्णाली प्रदेश सरकारबाट पहिरोमा ज्यान गुमाउने सदस्यको परिवारलाई तत्काल २५ हजार राहत

कर्णाली अनलाइन ३ कार्तिक २०७९, बिहीबार ०८:०३

सुर्खेत । कर्णाली प्रदेश सरकारले  १९ देखि २४ असोजसम्म परेको अविरल वर्षाको कारण गएकाे पहिरोमा परी ज्यान गुमाएका सदस्यका परिवारलाई जनही २५ हजार रुपैयाँ काजकिरिया खर्चस्वरुप दिने भएको छ । तत्कालका लागि किरिया गर्न मृतकका परिवारलाई सहज होस् भन्ने उद्देश्यले परिवारलाई रकम उलब्ध गराउन लागेकाे कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए  ।

मुख्यमन्त्री शाहीले हुम्लामा सञ्चालन भएको विपद्सम्बन्धी कार्यक्रममा पहिरोबाट ज्यान गुमाउने कर्णाली प्रदेशका सबै मृतकका परिवारलाई किरिया खर्च बापत राहत दिन सरकारले यो व्यवस्था गरेको बताए ।

पहिरोमा परी कर्णालीमा ३७ जनाले ज्यान गुमाएका थिए । अझै १९ जना बेपत्ता छन् । हुम्लामा मात्र ६ जनाको मृत्यु भएको थियो । यसैगरी, प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरू उद्धार र राहत सहयोग उपलब्ध गराउने कार्य भइरहेको मुख्यमन्त्री शाहीले बताए  । उनले पहिरोबाट सडकमा पुगेकाे क्षतिकाे सरकारले मर्मतका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने

३ कार्तिक २०७९, बिहीबार ०८:०३
सुर्खेत।दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौँंको मिति र स्थान तय गरेको हो। नवौं राष्ट्रिय खेलकुद आज सकिँदैछ। बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौँं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा […]